सबै छाेरीहरूमा समर्पीत
छोरीको बिदाईमा आँसु बहन्छ बिछोडको कि खुशीको
यो कहिलै बुझिन नयनबाट
अनियंत्रित भएर बहने यी आँसु
किन र कसका लागि भनेर पनि बुझिन ।
छोरीको बिदाईमा आमाको बिडमबना हेर
जसको मनभरी आँसु भए नि भन्न सक्दिनन्
किनकि गर्नु छ आमालाई बिहेको तयारी
अतिथि आउँछन् तेसैले त देखाउनछिन्
ती कृतिम मुस्कान झट्ट हेर्दा एकदमै खुशी ।
बुवा सामाजिक उत्तरदायित्व र व्यवहारिकता बाट धेरै टाढा
आफुलाई कुनै एउटा कुनामा समेटेका छन्
किनकी बुवालाई देखाउनु छैन आफ्नो आँसु छोरीलाई
जसले पाउदै छ नयाँ घर, नयाँ जीवन ।
छोरी पनि केही क्षण मै आफ्नो कदम नयाँ घरमा राख्दै छिन्
थाहा छैन उसलाई माइत जस्तो माया पाउछिन् वा पाउदिनन्
सुरुवात गर्दै छिन् नयाँ जीवन
तर यो घरमा बिताएको बाल्यकालका ती यादहरु पक्कै सम्झिन्छिन।
उता भाइ आफ्नो कुरा अब को सङ राख्ने सोच्दै छ
किनकी पाएन उसले साथी दिदीले माया र साथ दिने जस्तो
र सोच्दै भाइ टीका पनि साइतमै लगाउन पाइन्छ कि पाइन्न भनेर ।
छोरी घर बाट टाढा जाँदै छिन्
तर घर उपहार र मिठाईको डब्बाले भरिपुर्ण
सायद छोरीको नयाँ जीवनको सुरुवातका लागि होला
नत्र किन अतिथिले उपहार ल्याउथे र ?
छोरी आफ्नालाई छाडी जाँदै छिन् पक्कै पनि कसैलाई बिर्सिने छैनन्
उसले गासेका ती यादहरु त पक्कै याद आउने नै छन् उ
सले बिर्सिए पनि हामी कहाँ बिर्सिन सकौला र?
छोरी अब तिमी बुहारी हुदैछौ,
जति तिमीले माया आफ्नो आमा-बुवालाई गर्छौ त्योभन्दा बडी सासूससूरालाई गर्नु
भाइ जतिकै माया देवरलाई पनि दिनु साथै सम्पुर्णलाई
खै कसले भनायो यो नियम छोरी ले घर छोडेर जाने ?
संसारमा यस्तै चलेको अहिले होइन,
परापूर्व काल देखि छोरी तिमीलाई पठाउन त मन थिएन
मनमा राख तिमी अझै निडर र शक्तिशाली हुँदैछै।
