EPI 7 Cheli

In this poem:

Cheli

एउटा गाउँमा चमेली नाम गरेकी केटि बस्थिन् । उनको जीवन गरिबीले गाजिएको भएता पनि उनी आफूलाई भाग्यमानी थान्थिन् । गरिबीको कारणले गर्दा उनले सात कक्षासम्म मात्र पढेकी थिइन् । गाउँलेहरु भलाद्मी, सुशील र विवेकी नारिको रुपमा चमेलीलाई चिन्थे। उनको जीवन गाउँमै दाउरा, घाँस र मेलापात गरि बितिरहेको थियो। अचानक उनको सपना, कल्पना सबै तहस-नहस भयो। उनी बर्बाद भइन्। खै कहाँबाट सुरु गरुँ उनको जीवनको यो कथा। एकपटक सहरमा बस्ने गाउँको एउटा दाइले सुरज नाम गरेको केटो लिएर आए। सुरज साह्रै राम्रो थियो। मेलापात जादाँ पनि सुरज चमेली लाई हेरि बस्थ्यो। उनिहरुको एक अर्कामा माया पिरती गाँसिएयो। एउटा साह्रै सुशील केटी पाउँदा सुरज पनि साह्रै खुशी देखिन्थ्यो। तर, के थाहा सुरजको खुशीमा स्वार्थ लुकेको छ भनेर।चमेली र सुरजको बिहे भयो। वैवाहिक बन्धनमा बाधिएपछी कुन चाहिँ नारी आफ्नो माइतमा बस्न रुचाउछिन् र? चमेली पनि सुरजका साथ सहर आइन् । सासुससुरालाई एकपल्ट पनि नदेखी बिहे गरेकाले उनको मनमा अनेकौं कुराहरु खेल्न थाले। चमेली राम्रो श्रीमान पाएको मा साह्रै खुशी देखिन्थिइन्। तर एक क्षणको खुशीले उनको जीवन नै तहसनहस पार्छ भनेर कसलै के थाहा थियो र? चेमेली लाई घर लैजान्छु भनेर सुरजले भारतको कोटिमा लगेर बेचेछ। बिचरा चमेली श्रीमान् आउने आशामा सधै गहभरी आँसु लिएर बस्थी । एकातिर उसको इज्जत लुटिदै थियो त अर्को तिर चमेली पागल झै भएर थिइन्। उनलाई आफ्नो श्रीमानले कहिलै लिन आएन। चमेली जहिले पनि रुँदै बस्थिन्। एउटी सुशील नारी आर्काको देश्मा एउटा बेश्याको रुपमा चिनिदा कुन चाहिँ नारीको मन रुदैन र? भनिन्छ जहाँ इच्छा त्यहाँ उपाय, एक दिन चमेली मौका छोपी त्यहाँबाट भाग्न सफल भइन्। उनलाई बाच्न त मन थिएन तर उनी मर्न पनि चाहिनन्। उनी धेरै आशा बोकि गाउँ फर्किइन। गाँउमा गाँउलेहरुले उनलाई त्यस्तो अवस्थामा देखेर चमेलीलाई साहारा दिए, हौसला दिए। उनलाई साथ दिई फेरि एउटा साधारण किसानी गरि जीवन जिउन मद्दत गरे। खेतीपाती गरेर नै उनको गुजारा चलिरह्यो। आफ्नो छायाले त छाउ पर्दा साथ छोड्छ बिश्वास हुँदैन भने अनजान मान्छेलाई अँखा चिम्लेर के बिश्वास गर्नु र? उनले गाउँमा बालबालिका चेली बेटिहरुलाई शिक्षा आर्जन गराउन जरुरी छ भन्ने मानव चेतना फैलाइन्। सहरमा बस्ने गाउँको दाइ जसले चमेलीलाई सुरजसँग भेटाइदिएका थिए, उनी एक मानव बेचबिखन दलाल पो रहेछन् । चमेली जस्ता सोझा अरु निकै मानिसहरुको जीवन पनि बर्बाद गरिसकेका रहेछन् । त्यस दाइलाई गाउँलेहरुले गाउँ निकाला गरेर कानुनद्वारा सजाय दिलाइदिए। यसरी गाउँलेहरुको साथ पाएर चमेली एक साहासी, बहादुर र निडर नारी भएर आफू बाँचेर अरुलाई बचाइन्।

Written By: Samipa Baniya

Leave a comment

Design a site like this with WordPress.com
Get started