In this poem:
सिमाना
सयौं थुङ्गा फुलका हामी एउटै माला नेपाली
डर डर झै लाग्छ अब यो माला भारतमा गाँसिने पो हो कि
सालै पिच्छे , दिन प्रति दिन यहाँ दिन प्रती दिन नयाँ विवाद सुरु हुन्छ
विवाद के भनुम हमला हो यो ,
हामी त नयाँ दुलही झै मौन छौ हरे के भन्दै छु म ,
बरु आजको नयाँ दुलही नलजाइ बोल्छिन तर
मरिजाउ हाम्रो सरकार बोल्दैन र जब बोल्छ नपच्दो कुरा बोल्छ
यहाँ के भनुम म गोर्खालीको खुकुरी तीखो कि मोदिको बोली
घर टुक्रिदै छ सधैं , सरकार लाटो पो होकि
अरे चिचिचिचि धिक्कार छिमेकिलाइ के लाउनु दोष
जब चोरी आफ्नै भाइले गर्छ हो छिमेकिलाइ के लाउनु दोष
जब चोरी आफ्नै भाइले गर्छ नेपाल खुम्चिदै छ
हजुर यस्को नयाँ नक्सा तयार मोदि चै ले गर्छ बोली निकै घोच्ने होला नि
ओलि येदि मेरो बोली ओलि सम्म पुग्दैछ भने
यो सिधा प्रहार हि तिमी माथी बरु कारबाही गर
त्यही निउमा लकडाउनको बेला कमसेकम
नेपाल पुलिस कै गाडी चढ्न त पाइएला नि
मन्दिर बनाएर देश लुट्नेलाई चलाख भनौ
या पापी तिनिहरु बुधिजिबी हुन ,
हाम्रो देश लुट्न हाम्रै मान्छे छन काफी राणाकालको
विवाद हो यो अझै पनि त उम्किदै छ ओच्छ्यान भरको
देश हाम्रो रुमाल जत्रो खुम्चिदैछ
सुगौली सन्धि सम्झौता रे साझिस जस्तो लाग्दैछ
लिपुलेख , लिप्युधुरा , सकन्दपुर र सुस्ताको कुरै छाड्दिउ लुम्बिनी सम्म
दाउ ताक्दैछ राजा हाम्रो दुरदर्शि थियो हो राजा हाम्रो दुरदर्शि यहाँ राम्रो कस्लाइ पच्थ्यो र
उस्को साशनमा बाचेको भए आज देश पनि त बच्थ्यो ल
भेडा हौ जन्ता सबै हाम्रो सोचलाई धिक्कार छ प्रजातन्त्र सहि हो भने
भन प्रजालाइ कहाँ अधिकार छ आफ्नो देश बचाउन आफ्नै नेतालाई घुस दिनु परे
त्यो पनि गरिएला बेलैमा बुद्धि पुर्याउ नत्र नेपाली पुस्ता भारतमा जन्मिएला
यता भारत उता चीन समस्या झन झन बढ्दैछ नक्सा एकताल खोली हेर ,
सगरमाथा चीनमा पो पर्दैछ
हाम्रो गाई बिरामी छ हजुर गोठालोले जति जोर लाए पनि जागर लाग्दैन
संसारमा माहामारी छ र देशमा बिच्च्ली छ के छ तपाइँको बिचार
यहाँ सिमाना मिचियो कि बेचियो ?
सरकार मौन छ कि सचेत ?
जन्ता किन उठ्दैन ?
शत्रु को?
छिमेकी कि आफ्नै अधिकृतहरु ?
प्रजातन्त्र त छ , प्रजाको आवाज कहाँ छ ?
सिमानाको स्तम्भ सधै सरेको कसरी पाइन्छ ?
यो सब तपाई दर्षकहरु माथी छोड्दैछु चेतावनी हो
या सुजाव सन्देश हो या मनको पिडा
आफै टुङ्गो लाउनुहोस
जय नरेश
जय देश
जय नेपाल !
Written & Narrated By: AASHISH YADAV
