In this poem:
मेरो कथा
निकै एक्लो महसुस गर्न थालेको थिए
अचम्म खोइ किन हो टोलाईरहन्थे , हराइरहन्थे
रमाईलो गर्न साथी नभएको हैन
संगै मुस्कुराउने धेरै थिए तर बुझ्ने निकै कम
त्यतिकैमा एउटा अपरिचित आउछिन् दस्तक दिदै
कोठाको चार भित्ता सम्म सिमित
मेरो भावनाहरु सबै तिमी समक्ष खुल्न थाल्यो
म हराएको संसारमा तिमीलाई भेटाए पहिलो नजर मै
आफ्नो मान्न थालेको थिए तिम्रो दस्तकले मेरो मन सम्म आवाज पुर्यायो
मेरो मस्तिष्कको पहुँच सम्म सिमित
हरेक डरको खुलासा , हासेको पल तिमी समक्ष राखिदिए
अनौठो भावना , मन मुस्कुराएको थियो
पहिलो बोली मै मिठो सुन्न थालेको थिए
तिम्रो दस्तकले मेरो मन सम्म आवाज पुर्यायो
सुखको कथा सम्म सिमित थिए
थुप्रै साथ दिने , सबै टाढिन थाले गन्तव्य लामो थियो
लाग्यो साथ पाए पहिलो भेटको दिन कुर्न थालेको थिए
तिम्रो दस्तकले मन सम्म आवाज पुर्यायो
आँसुको थोपा सम्म सिमित अब यी आखाले
नयाँ कारण पाए अथाह किन खुब रमाएको थिए
तिम्रो दस्तकले मन सम्म आवाज पुर्यायो
आशा छ निकै लामो साथ टुङ्ग्यायोस त्यो तिम्रो ” दस्तक” ले
Written & Narrated By: AASHISH YADAV
