Happy Mother’s Day

मेरो पहिलो प्रेम, मेरो पहिलो साथी, र मेरो पहिलो सफलता, मेरो आमा !

नौ महिना दुख: मा बसिन् गर्भमा आफ्नो राखेर, सहन नसक्ने सहिन सारा पिडालाई ढाकेर

तिम्रो स्नेह, अनमोल माया अनिन्द्र त्यो रात, बिर्सन्न कहिले सल्हा सुझाव र दुखमा दिएको त्यो साथ

गल्ति गर्दा सम्झाएर राम्रो कुरा सिकाईन, गलत बाटो हिड्न हुन्न भनी असल बाटो देखाइन

आफू नखाए पनि पेट मेरो भर्थिन, दुख पर्दा आफू मात्रै सहने गर्थिन

चौतारी हो तिम्रो बिशाल हृदय मेरो दुख बिसाउने, तिमी बिनाको जिन्दगी कल्पना गर्दा नि यी आखाँ रसाउने.

आमा हुन्न भने रहन्छ कहाँ यो सृष्टिको काइदा, आमाको करले सिकाउँछ सधै सतकर्मको पाइला

आमाको प्रिय कथा लेखेर यो गाउँदा,प्यारो हुन्छ असाध्यै मातृ, ममता, सामिप्यमा आउदाँ

घाउ चोट लाग्दा सुरुमै आमा तिम्रो नाम छ, संसारकै सर्वश्रेष्ठ आमा तिमीलाइ सलाम छ।

Watch Video Here
Samipa Baniya

Creative Writer

Leave a comment

Design a site like this with WordPress.com
Get started