EPI 3 Nari

In this poem:

भित्रिए म यो घरमा टन्न दाइजो बोकि आमा बाबा दाजु भाइलाई छाडी गह भरी आँसु रोकि

पाइन सुखी आफ्नो माइत बसेको जस्तो यो घरमा आएर थाहा पाए माया कति सस्तो

सासू कहिले आमा जस्तो बन्न र बुहारीलाई छोरी मान्न सकिन्न लाहुर गएका मेरा श्रीमान तीन बर्ष बित्दा नि फर्केन्न

गर्भास्थामा घासको भारी बोकियो र गइयो मेलापात उता श्रीमानले सिउदोको सिन्दुर बाडे यो कस्तो बिश्वासघाट

ल्याए श्रीमानले अर्को श्रीमती रातो सारी पहिराइ आयो संकट मेरो जीवनमा सारा दु:ख ओहिराइ

देखेर सानी बालिकालाई यो हातमा छाडेर गई ऊ श्रीमानलाई मेरो साथमा

भन्छिन् उनी यो बच्चाको भविस्य चाहान् न म बिगार्न मौका देऊ तिम्रो श्रीमानलाई आफ्नो बानी सुधार्न

ठूलो मन भएको नारीमा यति धेरै हिम्मत र सहास कहाँ बाट आयो बिग्रेका तेस्ता लोग्नेले पनि सुधर्ने मौका पायो सारा दुरि मेटियो

हराएको माया भेटियो मौका दिई माफी गर गलती गर्ने लाई नारी भनिन्छ जसलाई

जो हारेर पनि हार नमानीकन अघि सर्ने लाई बिष छरिएको ठाउँमा अमृत छर्ने नारी दुर्गन्ध रहेको ठाउँमा सुगन्ध फैलाउने नारी

वैवाहिक जीवनमा दु:ख कष्ट सहेर घर परिवार समहाल्ने नारी अरुको भलो नचिताउने स्वार्थी मान्छेको पनि भलो चिताउने नारी भत्किन लागेको घर सम्हाल्ने नारी ,

बिग्रिन लागेको सम्बन्ध सम्हाल्ने नारी मन टुटेका नारी अब देशका लागि जुट्ने छन् बलात्कारको शिकार भएर लडेका नारी

अब उठ्ने छन् महिला हिंसा सहेर बसेका नारी अब न्यायका लागि लड्ने छन् अनपढ, अशिक्षित नारी र अरु देशका लागि पढछन् ।

Written By: Samipa Baniya

Leave a comment

Design a site like this with WordPress.com
Get started